पोखरा, पुस २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रले प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण नबाइदिँदा जनतामा असन्तुष्टि बढेको बताएका छन् ।
शनिबार पोखरामा आयोजित कानुनी पत्रकारिता अभिमुखीकरण कार्यक्रममा उनले केन्द्र सरकारले संघीय प्रणालीमा काम गर्ने वातावरण व्यवस्थापन गर्न नसकेका कारण प्रतिफल पाउन नसकिएको बताए ।
मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्र भनिएपनि अझै यो व्यवहारमा आउन नसकेको बताए ।
संघीयताले मुलुक टुक्रन्छ भन्नेहरू अहिले सल्बलाउन थालेको भन्दै उनले राष्ट्रिय एकता भूगोल र माटोमा मात्र नहुने धारणा राखे ।








प्रतिक्रिया दिनुहोस्