१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लैंङ्गिक समानता तथा समावेशीकरणमा नयाँ पहलको आवश्यकता


0
Shares

काठमाडौं, कात्तिक १४ । लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ ।

मर्यादा मिडियाको आयोजना गरेको कार्यशालामा महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गर्नु पर्ने मा सहभागिहरूले जोड दिएका छन् ।

साथै हिमाल, पहाड र तराई सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल शुरु गर्नु पर्ने समेत जनाएको छ । दलित महिला भित्रको विविधतालाई वकालत शुरु गर्ने भन्दै उनीहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा राज्य, सबै दल, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिएका छन् ।

सातै प्रदेशका दलित महिलाको सहभागितामा सुरु भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना महिलाको सहभागिता छ ।