बागलुङ । निसीखोला गाउँपालिका–२ देविस्थान घङ्रेनीमा झोलुङ्गे पुल निर्माण भएपछि खोला वारपार गर्न स्थानीयलाई सहज भएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा निसीखोला गाउँपालिका, टिभिएस र विवाइसी संस्थाको सहयोगमा पुल निर्माण भएको हो ।
पुल निर्माण भएपछि निसीखोला गाउँपालिका वडा नम्बर १, २ र ढोरपाटन नगरपालिका २ र ४ वडाका करिब ६ सय घरधुरीका स्थानीय लाभान्वित भएका छन् ।
गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले लामो समयदेखि स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको भन्दै उक्त समस्याको समाधान गरेको बताए ।
पुल जीर्ण हुँदा स्कुले बालबालिका बढी जोखिममा रहेका थिए । प्युठान र गुल्मीबाट ढोरपाटन पुग्ने पर्यटकका लागि यो ठाउँ केन्द्र पर्ने भएको हुँदा पुल निर्माण भएपछि पर्यटकलाईसमेत सहज भएको स्थानीयले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्