काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज सर्वोच्चमा ८ वटा इजलास तोक्नुभएको छ । गत सोमबारदेखि न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेको बेला प्रधानन्यायाधीश राणाले आज पनि इजलास तोक्नुभएको हो ।
आज तोकिएका इजलासमा प्रधानन्यायाधीशले न्यायाधीश कुमार चुडालसंग आफ्नो संयुक्त इजलास पनि राख्नुभएको । गत बुधवार र बिहीवार प्रधानन्यायाधीश जबराले एकल इजलास तोकेर केही मुद्दा आदेश जारी गर्नुभएको थियो । यसैगरी आनन्दमोहन भट्टराईको एकल इजलास पनि तोकिएको छ ।





प्रतिक्रिया दिनुहोस्