Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


इराकमा मिसाइल आक्रमण गर्दा ९ जना नेपाली रातभर बंकरमै


0
Shares

काठमाडौं । इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दैछ भन्ने हल्ला फैलिसकेको थियो ।

सेनाले तुरुन्तै आपतकालिन घण्टी बजाएपछि झापाका राकेश खत्रीसहित ९ जनाको टोली जमिनमुनीको बंकरमा गएर बसे ।

आपतकालिन घण्टी बजेपछि उनीहरुलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भन्ने बेसक्याम्पले पहिले नै सिकाएको थियो ।

बेसक्याम्पमा फैलिएको हल्ला बुधबार विहान स्थानीय समयअनुसार १ः४५ मा सही निस्क्यो ।

इरानबाट लगातार आएको मिसाइल बेसक्याम्प भित्रै ठूलो आवाजले झर्न थाल्यो । २ः४५ मा बल्ल रोकियो ।

‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज यसअघि इराकमा कहिल्यै सुनेको थिइँन,’क्षत्रीले फोनमा भने,‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैंले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरु भने निकै डराए ।’

इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । -कान्तिपुर दैनिकबाट