३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग


0
Shares

काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मञ्चले न्यायापालिकाको नेतृत्व विवाद पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्यायप्रणालीमै असर परेर जनताको न्यायको अधिकार प्रभावित भएको निष्कर्ष निकाल्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकालाई स्वतस्फूर्त रुपमा अघि बढ्नसक्ने वातावरण सिर्जना गनुपर्ने अनिवार्यतलाई दृष्टिगत गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराज्यूले राजीनामा गरी सहज निकासका लागि पहल गरिदिनुहुन संवैधानिक कानुन व्यवसायी मञ्च जोडदार आग्रह गर्दछ ।’

न्यायपालिकाको मर्यादामाथि थप आँच आउन नदिन, न्यायपालिकामाथिको जनआस्थालाई जोगाई राख्न तथा न्यायपालिकाको निरन्तर सुधारका लागि न्यायपालिका र यसको नेतृत्व कानुन व्यवसायी सबै संवेदनशील हुनुपर्नेमा मञ्चले जोड दिएको छ । न्याय सम्पादन गर्ने संवैधानिक दायित्वमा न्यायाधीशहरू संवेदनशील हुनुपर्ने पनि मञ्चको निष्कर्ष छ ।