Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दार गर्न सरकारले निजी हेलिकप्टर प्रयोग गर्ने


0
Shares

काठमाडौं । सरकारले तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ ।

अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर नै निरन्तरको वर्षापछि आएको बाढी र पहिरो तथा डुबानमा परेकाहरूको खोज तथा उद्दार कार्यका लागि निजी हेलिकप्टर पनि ‘स्टायण्डबाई’ राख्न लागिएको हो ।

गृह मन्त्रालयमा बिहान गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो ।

Skip This