काठमाडौं, पुस १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो एकवर्षे कार्यकालमा लक्ष्यअनुरुप उपलब्धि हासिल गर्न नसकेको स्वीकार गरेका छन् ।
कार्यकाल एक वर्ष पुगेको अवसरमा शुक्रबार सर्वोच्च अदालतमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश राणाले बाँकी लक्ष्यहरु आगामी दिनहरुमा पूरा गर्ने प्रतिबद्धता जनाए ।
‘फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति’
उनले आफ्नो एक वर्षको कार्यकालमा न्यायिक क्षेत्रमा सुधारका साथै फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति भएको र मुद्दाहरुको फैसलामा वृद्धि भएको दाबी गरे ।
गत वर्षको तुलनामा सबै तहका अदालतको मुद्दा फर्छ्यौट ४५ प्रतिशतले वृद्धि भएपनि सर्वोच्चको भने गत वर्षको तुलनामा केही न्यून रहेको उनको भनाइ छ ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको कार्यबोझ बढेको भन्दै अधिकांश रिटहरुमा अन्तरिम आदेश माग हुने र त्यसका लागि इजलासले धेरै समय खर्च गर्नुपर्दा धेरै मुद्दाहरु समयमा नै फर्छ्यौट हुन नसकेको बताए ।
७० जनालाई रंगेहात पक्राउ
उनले आफ्नो एकवर्षे कार्यकालमा न्याय किनबेच गर्न खोज्ने कर्मचारी र बिचौलिया गरी ७० जनालाई रंगेहात पक्राउ गरिएको पनि जानकारी दिए ।
राणाले न्याय परिषद्समक्ष आएका विभिन्न न्यायाधीशका आचरणसम्बन्धी उजुरीको छानबिन गरी १४७ मध्ये ६० ओटा उजुरीको टुंगो लगाइएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्