डम्मर बुढामगर (इमेज)
बागलुङ, पुस १८ । बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ ।
बिहीबारदेखि मौसममा बदली भएसँगै शुक्रबार बिहानैदेखि वर्षासहित हिमपात भएको हो ।
ढोरपाटन, तमानखोला, निसीखोला, ताराखोलालगायतका स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमपातले जनजीवन प्रभावित बनेको छ ।
बिहीबार साँझदेखि मौसममा आएको बदलीले भित्र–बाहिरको काम गर्न निकै गाह्रो भएको ढोरपाटनका मनकुमार विकले बताए ।
हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीयको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस्