Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


बैतडीमा दुई फिटसम्म हिउँ, गाडी र विद्युत बन्द (फोटो)


0
Shares

बैतडी, पुस १८ । गएको दुईदिनदेखि मौसममा आएको परिवर्तनले बैतडीमा पनि भारी हिमपात भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको मुस्याचौर, अनारखोली, खोडपे, सतबाँझ, लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको खोडपे–बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । भारी हिमपातपश्चात सुदूरपहाडका राजमार्ग गएरातीदेखि अवरुद्ध बनेका प्रहरीले जनाएको छ ।

बैतडीको अनराखोली, खोडपे क्षेत्रमा २ फिटसम्म हिउँ जमेका कारण दशरथचन्द राजमार्ग अवरुद्ध भएको हो ।

श्रीभावर, बित्थड, ढोल्यामोड क्षेत्रमा पनि हिउ जमेकाले खोडपे–बझाङ जयपृथ्वीराजमार्ग पनि अवरुद्ध बनेको छ ।

बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा पनि हिमपात भएको छ । 

यस्तै दार्चुलाको अपी ,राप्ला , घुसा, खण्डेश्वरी, छिङरु ,व्यास, तिङकर लगायतका ठाउमा हिमपात भएको छ ।

हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको  छ । यसैबीच अस्तिराती देखि बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ ।

राती चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । प्रहरीद्वारा दाउरा बितरण, प्रसासनद्वारा सतर्कता अपनाउन सूचना हिमपातसंगैं चिसो बढेपछी जिल्ला प्रहरी कार्यालय बैतडीले ठाउँठाउँमा दाउरा वितरण गरेको छ ।