Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘गलत क्रियाकलाप ढाकछोप गर्न सूचना प्रविधि विधेयक ल्याइयो’


0
Shares

काठमाडौं, पुस १७ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सूचना प्रविधि विधेयक विभेदकारी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको दाबी गरे ।

सरकार अधिनायकवादी शैलीमा प्रस्तुत हुँदै गएको उनको आरोप थियो ।

सरकार संकटमा पर्नसक्ने चेतावनी

अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिक स्वतन्त्रता कुन्ठित गर्नेगरी ल्याइएको विधेयक फिर्ता गर्न माग गरे ।

सूचना प्रविधि विधेयक आपत्तिजनक रहेको भन्दै उनले विधेयक फिर्ता नभए सरकार नै संकटमा पर्नसक्ने चेतावनी दिए ।