काठमाडौं, पुस १७ । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ ।
सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरीे कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको हो ।
प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध ।
’मल्लसहित २४ एसपीको पुस ४ गते सरुवा भएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मल्लको सरुवा भएको थियो।
मल्लले राजनीतिक संरक्षणको आडमा माथिल्लो तहको निर्देशन यसअघि पनि पटकपटक उपेक्षा गर्दै आएका छन्।









प्रतिक्रिया दिनुहोस्