Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बेलायतले नेपाललाई कोरोना संक्रमणको ‘रेडलिस्ट’बाट हटायो


0
Shares

एजेन्सी । बेलायतले नेपाललाई कोरोना संक्रमणको रेडलिस्टबाट हटाएको छ । अन्तराष्ट्रिय भ्रमणसम्बन्धी एडभाइजरी हेरफेरका क्रममा बेलायत हिजो नेपालसहित ४७ देशलाई रेडलिस्टबाट हटाएको हो । अझै सात वटा देश भने रेडलिस्टमा कायमै छन् ।

बेलायको नयाँ ट्राभल एडभाइजरी अनुसार यही असोज २५ गतेपछि बेलायती नागरिकहरुले नेपाल भ्रमण गर्न पाउने छन् । यस्तै बेलायतले मान्यता दिएका चार प्रकारका खोप लगाएका विदेशी नागरिहरुलाई पनि बेलायत प्रवेह गर्न दिइने छ ।

त्यस्ता देशमा विश्वका ३७ वटा देश समावेश छन् जसले बेलायतले मान्यता दिएका चार प्रकारका खोप आफ्नै देशमा लगाएको भए पनि बेलायत जाँदा क्वारेन्टिन बस्नु पर्ने छैन । तर डे टु प्याकेज अन्तर्गत परीक्षण भने गर्नुपर्ने छ ।

बेलायतले अक्सफोर्ड÷एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनको खोपलाई मान्यता दिएको छ । बेलायत प्रवेश गर्न चाहने विदेशीले खोप लगाएको प्रमाणहरु मध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको खोपको प्रमाणपत्र मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।