Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नयाँ पर्यटकीय पदमार्गको खोजी र पुराना पदमार्ग मर्मत–सम्हार गर्ने प्रतिबद्धता


0
Shares

पोखरा, पुस १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशका नयाँ पर्यटकीय पदमार्गको खोजी र पुराना पदमार्गको मर्मत–सम्हार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार पोखरामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गर्दै उनले पोखराका फेवा, बेगनाससहित ९ ओटा तालको संरक्षण र तालमा जान–आउनका लागि यातायातको ‘कनेक्टिङ’ गर्ने तयारीसमेत गरेको बताए ।

उद्घाटन समारोहमा पोखराको लेकसाइडस्थित फिस्टेल गेटबाट बाराहीघाटसम्म विभिन्न जनजातिको भेषभूषामा झाँकीसहितको र्‍याली निकालिएको थियो ।