विराटनगर, पुस १६ । प्रदेश नम्बर–१ मा पनि नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।
बुधबार विराटनगरको सहिद रंगशालामा आयोजित विशेष समारोहमा मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरे ।
देशलाई विश्वभरका पर्यटकका लागि गुणस्तरीय भ्रमण गन्तव्य बनाउने उद्देश्यका साथ सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरिएको हो ।
मुख्यमन्त्री राईले भ्रमण वर्ष २०२० को सुरुआत गर्दै देशमा गरिबी निवारण, रोजगारी सिर्जना तथा समावेशी विकाससमेतको दृष्टिले पनि पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम भएको बताए ।








प्रतिक्रिया दिनुहोस्