Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


बुढानिलकण्ठमा चक्कु प्रहार गरी हत्या, एक जना पक्राउ


0
Shares

काठमाडौं । बुढानिलकण्ठमा चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।