Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


‘भ्रमण वर्षको तयारी अझै पुगेको छैन’


0
Shares

काठमाडौं, पुस १५ । पूर्वपर्यटनमन्त्रीहरुले नेपाल भ्रमण वर्ष २०२० को आवश्यक तयारी नभएको टिप्पणी गरेका छन् ।

सरकारले भ्रमण वर्ष २०२० का लागि आवश्यक गन्तव्य पहिचान तथा पूर्वाधार विकास नगरेको उनीहरुको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा पूर्वपर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्षको आवश्यक गृहकार्यको अभाव रहेको बताए ।

अर्का पूर्वमन्त्री आनन्द पोखरेलले पर्यटनको विकास गर्नका लागि गन्तव्यस्थलको विकास गर्नुपर्ने बताए ।

नेपालमा पर्यटन क्षेत्र रोजगारी सिर्जना गरी समृद्धिका लागि प्रमुख आधार बन्नसक्ने भएकाले पर्यटनको विकासका लागि ७५३ ओटै स्थानीय तहमा पर्यटनको गन्तव्य पहिचान गरी विकास गर्न आवश्यक रहेको पोखरेलले बताए ।