Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


नेप्से २ अंक बराबरले ऋणात्मक


0
Shares

काठमाडौं, पुस १५ । अघिल्लो दिन सामान्य अंकले सुधारिएको सेयरबजार मंगलबार पुनः ऋणात्मक रहन पुग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रही ११ सय ६६ कायम भएर थामियो ।

यसदिन कारोबार पनि अघिल्लो दिनको तुलनामा न्यून रह्यो ।

यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे ।

यसदिन अन्य, निर्जीवन बिमा, लघुवित्त, उत्पादनमूलक, जीवनबिमा, वित्त र सामूहिक लगानी कोष ओरालो लागे । होटल, लघुवित्त, व्यापार, जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूह ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका १३ लाख कित्ता सेयर जम्मा ४४ करोड २३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।