११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


रौतहट अन्तिम चारमा


0
Shares

धनकुटा, पुस १५ । रौतहट महिला फुटबल टोली धनकुटामा जारी सहिद ‘रिदामाहाङ्ग रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार तल्लो टुँडिखेलमा भएको खेलमा रौतहटले आयोजक धनकुटा फुटबल क्लबलाई ८–० ले  हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

दिलकुमारी रानामगर र रजनी थोकरले समान दुई/दुई तथा मेनुका रानामगर, मनिषा राउत, निकिता थोकर र सविता रानामगरले समान एक/एक गोल गरे ।

खेलको ‘वुमन अफ दी म्याच’ दिलकुमारी घोषित भइन् ।

रौतहटले अब सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसित प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्नेछन् ।