
धनकुटा, पुस १५ । धनकुटाको भेडेटारमा मंगलबारबाट आठौं परिकार महोत्सव सुरु भएको छ ।
होटल एशोसिएशन भेडेटारको आयोजनामा परम्परागत जातिय परिकारको प्रबद्र्धन तथा पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरएको हो ।
महोत्सबको उद्घाटन गदै प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउन ठूलो योगदान पुग्ने बताए ।
महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित फलफूल, तरकारी तथा हस्तकलाका साथै कृषि तथा घरेलु उत्पादनका सामाग्री समेत प्रदर्शनीमा राखिएको छ ।
यस्तै पाथिभरा मन्दिर, नमस्ते झरनासहित ऐतिहासिक साँगुरी गढि घुम्ने प्याकेज तयार गरिएको छ ।
करिब ३० हजार आन्तरिक तथा वाह्रय पर्यटक भित्राउने योजना सहित सुरु गरिएको फेष्टिवलमा एक करोड रुपैयाँ बरावरको आर्थिक कारोवार गर्ने अनुमान आयोजकको छ ।
सोही अवसरमा यस वर्षको भेडेटार पर्यटन पत्रकारिता पुरस्कार ईमेज च्यानलका संवाददाता कबिराज घिमिरेलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्