
काठमाडौं, पुस १५ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।
सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नु परेकाले बैठक स्थगन भएको बुझिएको छ ।
यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्