१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अस्ट्रेलियामा डढेलो फैलिए पछि हजारौँ मानिस समुद्री किनारमा, दुई राज्यमा संकटकाल घोषणा


0
Shares

काठमाडौं, पुस १५ । अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिए पछि हजारौँ मानिस भागेर समुद्रको किनारमा पुगेका छन् ।

न्यू साउथ वेल्थका पर्यटकीय शहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दा स्थानीय समय अनुसार बिहानै समुद्री किनारतर्फ गएका छन् । भिक्टोरियामा मात्रै चार हजार मानिस समुद्री तटमा रहेको बताइएको छ ।

भिक्टोरियामा एउटा डढेलो तटीय शहर म्यालकुटातर्फ फैलिँदै गर्दा घरहरु धुवाँ र खरानीले ढाकिएका छन् । न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि भएपछि डढेकोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । चार जना हराइरहेका छन् ।

सिड्नी र मेल्बर्नका कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको पाँच सय किलोमिटर क्षेत्रमा आपतकालीन स्तरका दर्जनभन्दा बढी डढेलो लागेको छ ।

सबै जसो राज्यको तापक्रम ४० डिग्री पुगेको छ । प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा डढेलोहरू नियन्त्रणबाहिर जान थालेपछि दुई राज्यमा संकटकाल घोषणा गरिएको छ । उच्च तापमान, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढेको छ । एजेन्सी