काठमाडौं, पुस १४ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच सहकार्यको समझदारी भएको छ ।
परिसंघ र संघबीच निजी लगानी प्रवर्द्धनमार्फत् आर्थिक विकासमा सहकार्य गर्न समझदारी भएको हो ।
परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एकार्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहेको बताए ।
बैंकर्स संघका अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आएका नयाँ–नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।
वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन, नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरुसँग संयुक्तरुपमा संवाद तथा छलफल गर्नेलगायतका विषयमा दुई संस्थाबीच समझदारी भएको जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्