काठमाडौं, पुस १४ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु गर्न लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको बुधबार औपचारिकरुपमा उद्घाटन हुँदैछ ।
दशरथ रंगशालामा बुधबार औपचारिक कार्यक्रम गरी अभियानको शुभारम्भ गरिँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अभियानको उद्घाटन गर्दैछिन् ।
सचिवालयले सोमबार पत्रकार सम्मेलन गरी औपचारिक समारोहबारे विस्तृत जानकारी गराएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा दीपावली गरेर ‘समृद्धिको उज्यालो यात्रा’ प्रारम्भ भएको उद्घोष गर्न आमजनतामा अपिल गरे ।
संख्याभन्दा नेपाल पर्यटनका लागि एउटा महत्वपूर्ण गन्तव्य र लगानीका लागि उचित मुलुक हो भनेर अन्तर्राष्ट्रिय जगतमा सन्देश प्रवाह गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
उद्घाटन समारोहमा विभिन्न देशका पर्यटनमन्त्री सहभागी हुने बताइएको छ ।
बुधबार रंगशालामा औपचारिक कार्यक्रम गरिँदा सातै प्रदेशस्तरमा पनि एकसाथ कार्यक्रम गरिने जनाइएको छ ।
राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटन समारोहमा गरिने कार्यक्रमबारे विस्तृत जानकारी गराएका थिए ।




प्रतिक्रिया दिनुहोस्