Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


धौलागिरी हिमालमा पहिलो पटक नेपाली महिलाहरु श्रेष्ठ र शेर्पा गरे सफल आरोहण


0
Shares

काठमाण्डौ । विश्वको सातौं अग्लो धौलागिरी हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरी –४ मा पर्ने धौलागिरी हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पा अकिताले सफल आरोहण गर्नु भएको हो ।

यससँगै उहाँहरुले धौलागिरीको चुचुरोमा पाइला टेक्ने पहिलाे दुई नेपाली महिलाको किर्तिमान बनाउनु भएकाे छ । काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पाले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहण गर्नु भएको थियो ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिनुभयो।

श्रेष्ठसँग गएकी माया शेर्पा लगायतले आरोहण गरे नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पत्रकारसमेत रहनुभएकी गोरखा आरुघाटकी श्रेष्ठको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएको थियो ।

श्रेष्ठको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ । शेर्पा (पथ प्रदर्शक) पेम्बा शेर्पाको सहयोगमा श्रेष्ठले धवलागिरि आरोहण गर्नुभएको हो । उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गर्नुभएको थियो ।