सर्लाही । चिसो बढेपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका भित्रका विद्यालयमा नौं दिन बिदा दिइएको छ ।
अत्याधिक चिसोले गर्दा पठनपाठन सञ्चालन गर्न समस्या भएपछि पुस २२ गतेसम्म नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बासुदेव तिमल्सिनाले जानकारी दिए ।
यस्तै हरिवन नगरपालिकाले पनि आजबाट पुस २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
क्यालेण्डर अनुसार १६ गतेबाट विदा दिने उल्लेख भएपनि अत्यधिक चिसो हुन थालेपछि दुई दिन अगाडिबाटै बिदा दिने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यस्तै ईश्वरपुर नगरपालिका लगायतका अन्य नगरपालिका भित्रका विद्यालयमा पनि तत्कालै जाडो बिदा दिने तयारी गरिएको छ ।
यस क्षेत्रमा पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिदो चिसोले जनजीवन अत्यन्त कष्टकर बनेको छ ।









प्रतिक्रिया दिनुहोस्