Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


हातहतियार र विष्फोटक पदार्थसहित विप्लव समूहका जिल्ला सहसचिव पक्राउ


0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा हातहतियार र विष्फोटक पदार्थसहित विप्लव समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले मक्वाखोला गाउँपालिका २ का चन्द्रबहादुर बस्नेतलाई शनिबार विष्फोटक पदार्थसहित घरबाटै पक्राउ गरिएको जनाएको हो ।

विशेष सूचनाको आधारमा बस्नेतको घर खानतलासी गदा कटुवा पेस्तोल एक थान, विष्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने विष्फोटक पदार्थ, तीन थान रिमोर्ट कन्ट्रोलसँगै केही कागजपत्रसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी फुँयालले जानकारी दिए ।

पक्राउ परेका बस्नेत विप्लव समूहको जिल्ला सहसचिवको जिम्मेवारीमा रहेको प्रहरीले जनाएको छ । 

Skip This