Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


भ्रमण वर्ष २०२० : लोगो सहितको प्रबद्र्धनात्मक आकृती अनावरण


52
Shares

काठमाडौं । भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सन्देश सहितको ठूलो लोगो सहितको प्रबद्र्धनात्मक आकृती अनावरण गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफकमर्सले गरेको प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत आइतबार चेम्बर भवनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको अनावरण गरेका हुन ।

उनले यस्ता प्रबद्र्धनात्मक कार्यहरुको प्रचार प्रसार निजी क्षेत्रको प्रतिनिधि मूलक संस्था नेपाल चेम्बर अफकमर्सले गरेबाट अन्य संस्थाहरुमा समेत यस कार्यबाट उत्प्रेरणा मिल्ने बताए ।

चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रबद्र्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महसुश गरेको बताए ।

भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता पनि उनले व्यक्त गरे ।

भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुले अभियान पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।