२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


जितिया पर्व समापन हुँदै


0
Shares

जनकपुर । मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आज(बुधबार)बाट समापन हुँदैछ ।

तीन दिन चल्ने पर्वमा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्दैछन् । वर्त समापपछि महिलाहरूले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् ।

परिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् । तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।