Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


अर्घाखाँची र प्युठानको संगम स्थलमा झोलुङ्गेपुल निर्माण


0
Shares

 काठमाडौं, पुस १३ । अर्घाखाँची र प्युठानको संगम स्थलमा झोलुङ्गेपुल निर्माण भएको छ ।

प्युठानको ऐरावती गाँउपालिका वडा नम्बर ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर ५ को संगमस्थल ठुटेपाटाको गाईघाट झोलुङ्गेपुलको भूमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले उद्घाटन गरे ।

६६ मिटर लम्बाई रहेको पुलबाट ७ सय ८८ घरधुरी लाभान्वित हुने बताइएको छ ।

पुल ३७ लाख तीन हजार दुई सय अठार रुपैयाँको लागतमा ग्रामिण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँची र भूमिकास्थान नगरपालिकाको समन्वयमा सम्पन्न गरिएकोे जनाइएको छ ।