Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


‘अबको समृद्धि पर्यटनबाट मात्रै’


0
Shares

चितवन, पुस १० । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पर्यटन क्षेत्रबाट समृद्धिको यात्रामा अगाडि बढ्न सकिने बताएका छन् ।

बिहीबारदेखि चितवनको सौराहामा सुरु भएको १६औं हात्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले अबको समृद्धि पर्यटनबाट मात्रै पूरा हुने धारणा राखे ।

मुलुकमा प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदा पर्याप्त रहेकाले पूर्वाधारको विकास गरेमात्र पनि अनन्त समृद्धि हासिल गरिने उनको भनाइ थियो ।

‘विरोध गर्नुको औचित्य छैन’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हात्तीलाई मनोरन्जनमा प्रयोग गरियो भनेर विरोध गर्नुको कुनै औचित्य नभएको धारणा व्यक्त गरे ।

१६औं संस्करणको हात्ती महोत्सवअन्तर्गत् हात्तीका छावबीच फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगितालगायत हुने आयोजक क्षेत्रीय होटल संघ चितवनले जनाएको छ ।