Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


तीन करोड २९ लाखमा निर्मित कृषि भण्डारण गृह सञ्चालनमा आएन


0
Shares

धनकुटा, पुस १० । निर्माण सम्पन्न भएको एक बर्ष बित्न लाग्दासमेत धनकुटाको हिलेमा निर्माण भएको भण्डारण गृह सञ्चालनमा आउन सकेको छैन ।

उन्नती परियोजना, अलैची व्यवसायी महासंघ धनकुटा तथा उद्योग बाणिज्य संघ धनकुटाको संयुक्त लगानीमा तीन करोड २९ लाख रुपैयामा गत वर्ष भण्डारण गृह बनेको हो ।

निर्माणका लागि उन्नति परियोजना र उद्योग वाणिज्य संघ तथा अलैची व्यवसायी महासंघको ५०-५० प्रतिशतको लगानी रहेको छ ।

अलैची भण्डारण पहिलो प्राथमिकता रहेको उच्च क्षमताको गृहमा मासु बाहेकका अधिकांश कृषिजन्य वस्तु आवश्यक तापक्रम अनुसार शून्यदेखि पचास डिग्रीसम्मको तापक्रममा भण्डारण गर्न सकिने उद्योग वाणिञ्य संघ धनकुटाले जनाएको छ ।

खर्च अभावका कारण सञ्चालन गर्न नसकिएको उद्योग वाणिञ्य संघ धनकुटा अध्यक्ष उमेश घिमिरेले जानकारी दिए । पाँच वटा चेम्बर रहेको वेयर हाउसमा २ लाख केजी वस्तु भण्डारण गर्ने क्षमता रहेको छ ।

वेयर हाउसमा जेनेरेटर, डी ह्युमिनिटी फायर, ह्युमिनिटी फायर लगायतका प्रविधि जडान गरिएको छ । सुरक्षा, आवास, कार्यालय गरेर वेयर हाउसको क्षेत्रफल १५ रोपनी रहेको छ ।