Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


करिब चार लाखको लगानीमा मिनि टिलर वर्कशप सञ्चालन


0
Shares

धनकुटा, पुस ८ । छथरजोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा सरकारी अनुदानमा मिनि टिलर मर्मत सम्बन्धी वर्कशप सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना कार्यान्वयन इकाई तरकारी जोन सिधुवाको ५० प्रतिसत अनुदानमा छथर जोरपाटी मिनिटिलर सर्भिस सेन्टर सञ्चालनमा आएको हो ।

किसानहरुले प्रयोग गर्दै आएका औजार उपकरण बिग्रिएपछि मर्मत गर्ने वर्कशप नहुँदा यस क्षेत्रका किसानहरु समस्यामा परेपछि तरकारी जोनले वर्कशप स्थापना गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराएको कार्यालयका प्रमुख देविन्द्र शाहूले बताए ।

कार्यालयकोे एक लाख ९० हजार र उद्योगीको दुई लाख गरी तीन लाख ९० हजारको लगानीमा उक्त वर्कशप स्थापना भएको हो ।

वर्कशप सञ्चालनमा आएसँगै यस क्षेत्रका किसानले प्रयोग गर्ने कृषि औजार उपकरण बिग्रिएमा धरान, इटहरी विराटनगर धाउनुपर्ने अवस्थाको अन्त्य भएको वर्कशप सञ्चालक कृष्ण सिजाली मगरले जानकारी दिए ।