Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


सुन–चाँदीको भाउ फेरि उकालो


0
Shares

काठमाडौं, पुस ७ । बुधबारदेखि स्थानीय बजारमा स्थीर रहेको सुन–चाँदीको भाउ सोमबार फेरि उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ७१ हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बुधबारदेखि सुनको मूल्य तोलाको ७१ हजार ६०० रुपैयाँमा स्थीर रहेको थियो ।

यसदिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।