Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सिन्धुलीमा ‘फोनिज’को राष्ट्रिय भेला


0
Shares

सिन्धुली, पुस ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला सिन्धुली सदरमुकाम सिन्धुलीगढीमा सुरु भएको छ ।

भेलाको सोमबार प्रदेश नम्बर–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले उद्घाटन गरे ।

‘सन्चारमा समावेशिता कानुनमा चाहियो, व्यवहारमा पनि’ भन्ने नाराका साथ आयोजित भेलामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतको उपस्थिति रहेको छ ।

फोनिजको प्रादेशिक महाधिवेशन सम्पन्न भएपछि पहिलोपटक भएको राष्ट्रिय भेला आदिवासी पत्रकार तथा समग्र आदिवासीको हक, अधिकार तथा कर्तव्यको सवालमा केन्द्रित हुने जनाइएको छ ।

भेलाकै अवसरमा आदिवासी जनजातिको सवाल र सन्चारमाध्यमको भूमिका विषयमा राष्ट्रिय संवाद कार्यक्रमसमेत गरिएको छ ।

दुईदिने भेला मंगलबारसम्म चल्नेछ ।

Skip This