Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


अक्षयकाे आमाको निधनप्रति मोदीले पत्र लेखेर गरे शोक व्यक्त


0
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलीउड नायक अक्षय कुमारको आमाको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै अक्षयको आमाको निधनप्रति शोक व्यक्त गरेका हुन्।

अक्षयले प्रधानमन्त्री मोदीको पत्र सामाजिक सञ्जाल टुइटरमा राख्दै अक्षयले टुइटरमा लेखेका छन्, ‘आमाको निधनप्रति प्रधानमन्त्री मोदीले व्यक्त गर्नु भएको शोकशब्दप्रति आभारी छु । म र मेरा दिवंगत माता–पिताका लागि समय निकालेर आफ्ना भावनाहरु व्यक्त गरेकोमा प्रधानमन्त्री मोदीप्रति आधारी छु ।’

अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको आज ६ दिन भएको छ । उपचारको क्रममा सेप्टेम्बर ८ मा उनको निधन भएको हो । अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।