३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


क्युवामा नयाँ प्रधानमन्त्री नियुक्त


0
Shares

काठमाडौं । क्युवामा चार दशक पछि प्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति म्यानुएल डियाज क्यानेलले पर्यटनमन्त्री म्यानुएल मरेरो क्रुजलाई प्रधानमन्त्री नियुक्त गरेका हुन ।

सन् २००४ मा फिडेल क्याष्ट्रोले उहांलाई मन्त्री नियुक्त गरेका थिए । क्यानेलको नियुक्तिलाई राष्ट्रिय सभाले एकमतले अनुमोदन गरेको छ ।

५६ वर्षिय मरेरोले राष्ट्रपतिमा रहेको कार्यकारी अधिकारमध्ये केहीको प्रयोग गर्न सक्ने बताइएको छ ।

आलोचकहरुले भने यो परिवर्तनलाई क्युवाको कम्युनिष्ट पार्टीले गरेको देखावटी परिवर्तन मात्र भएको बताएका छन् ।

क्युबामा सन् १९७६ मा क्रान्तिबाट फिडेल क्याष्ट्रो सत्तामा आएपछि प्रधानमन्त्री पद हटाइएको थियो ।

तर गत वर्ष नयाँ संविधान जारी गरी प्रधानमन्त्री पदको व्यवस्था गरिएको हो । (एजेन्सी)