बागलुङ, पुस ६ । सडक सञ्जालले जोडिएपछि बागलुङका अधिकांश क्षेत्रहरु विकसित हुन थालेका छन् ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर दुई बरेङ डाँडा पनि सडक सञ्जालले जोडिएपछि बजारको रुपमा विस्तार हुँदै गएको छ ।
सडकले नजोडिँदाको अवस्थामा १/२ वटा खरका छाप्रा रहेको बरेङ डाँडामा पछिल्लो समय ठूला–ठूला पक्की भवनहरु निर्माण भइरहेका छन् ।
डाँडामै थुप्रै पसलहरु पनि खोलिएका छन् । सडकले नजोडिँदा सुनसान रहेको बरेङ डाँडामा अहिले चहलपहल बढेको छ ।
सडक नआउँदा १/२ दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेका स्थानीय अहिले ३/४ घण्टामै सदरमुकाम पुग्न पाउँदा दंग परेका छन् ।










प्रतिक्रिया दिनुहोस्