काठमाडौं, पुस ५ । भक्तपुरको सूर्यविनायकमा आजबाट वातावरणीय सचेतना अभियान प्रारम्भ गरिएको छ ।
‘सडकदेखि सदनसम्म’ नारा दिइएको अभियान विश्व भूमि संस्थाले सुरु गरेको हो ।
अभियानअन्तर्गत् स्थानीय मठ–मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी गराइएको थियो ।
प्रत्येक व्यक्तिले आफू वरपरको वातावरणलाई सफा राख्न सहयोग गरे धेरै हदसम्म वातावरण प्रदूषण कम हुने भूमिका अध्यक्ष होमबहादुर कार्कीले बताए ।
अभियानलाई थप प्रभावकारी बनाउँदै अरु क्षेत्रमा पनि विस्तार गर्दै लैजाने आयोजक संस्थाले जनाएको छ ।
अभियानका क्रममा परम्परागत धरोहरहरुको संरक्षण गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको थियो ।









प्रतिक्रिया दिनुहोस्