Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


सबै दलको सहमतिविना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो होइन– सुरेन्द्र पाण्डे


0
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिविना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताउनुभयो । संसद बैठकपछि सञ्चाकर्मीसँग बोल्दै उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो ।

‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसद भित्र सबैको सहमति लिएर रिप्लेशमेन्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको सरोकारको विषय हो यो, यो जनताका प्रतिनिधिले कुरा ल्याउन पाउँछन्,’ सांसद पाण्डेले भन्नुभयो, ‘जनताका प्रतिनिधिले छलफल नगरि त्यसमा हामीले अगाडि ल्यायौँ भने प्रिन्सिफ लिभिङ्गको त्यो उचित कुरा होइन, वातावरण बनाएर ल्याउनु पथ्र्यो र त्यो हतारो पनि थिएन, आजको आजै गर्नुपर्ने कुरा पनि थिएन ।’