Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना, पाँच जना घाइते


0
Shares

बाग्लुङ । बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुई जनाको अबस्था गम्भीर छ ।

आज(शनिबार) बिहान बडिगाड गाउँपालिकाको खर्वाङबाट सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१७ न को पिकअप जिप टुटिफेदमा दुर्घटनामा परेको हो ।

जिप बिरामी लिएर जाँदै थियो । घाइतेहरुलाई खर्वाङमा सामान्य उपचार पछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब तीनसय मिटर तल खसेको थियो ।