Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


खोप्रा लेकमा पर्यटकको चहलपहल बढ्यो


0
Shares

म्याग्दी । म्याग्दीको खोप्रा लेकमा पर्यटकको चहलपहल बढेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रा लेकमा पर्यटकको चहलपहल बढ्न थालेको हो ।

‘पहाडकी परी’को रुपमा परिचय बनाउदै गरेको खोप्राबाट मनास्लु,माछापुच्छ्रे, दक्षिणी अन्नपूर्ण,निलगिरी,धौलागिरीजस्ता हिमश्रृंङखला अवलोकन गर्न पाइन्छ ।

विभिन्न पशुपंक्षीहरुको बासस्थान समेत यही क्षेत्र पर्ने हुंदा यसबाट पनि पर्यटकहरु लोभिने गरेका छन् ।

खोप्रा लेकमा पर्यटकको संख्या बढ्दै जानथालेपछि उनीहरुलाई बस्न टेन्टको समेत व्यवस्था गरिएको स्थानीय होटल व्यवसायी नविन पुनले बताए ।

सदरमुकामदेखि तीन घण्टा सवारी साधनबाट र पाउद्धारदेखि पाँच घण्टा पैदलमार्ग हुर्दै खोप्रा पुग्न सकिन्छ ।