Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘वैदेशिक रोजगारीलाई शुद्ध बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक’


0
Shares

काठमाडौं, पुस ४ । वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई शुद्ध बनाउन व्यवसायी, वैदेशिक रोजगारीमा जाने व्यक्ति तथा सरोकारवाला निकाय सबै उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् ।

लोकदर्शन बचत तथा ऋण सहकारीको १०औं वार्षिक साधारणसभामा श्रेष्ठले १० वर्षको अवधिमा करिब १८ हजार नेपालीले वैदेशिक रोजगारीमा ज्यान गुमाएको भयावह तथ्यांक रहेको भन्दै यससँग सम्बन्धित सबै सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

राज्यको नीति नै बाध्यकारी श्रमको अन्त्य गर्नु रहेकाले यसमा सबै पक्षलाई सहयोग गर्नसमेत उनले आग्रह गरे ।

Skip This