Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सामाजिक सुरक्षा योजनाका समस्याबारे मन्त्री यादवको ध्यानाकर्षण


0
Shares

काठमाडौं, पुस ३ । नेपाल उद्योग परिसंघले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको ध्यानाकर्षण गराएको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले मन्त्री यादवलाई भेटी उक्त विषयमा पुनः ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष मोरले परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव मन्त्री यादवसमक्ष पेस गरेका थिए ।

अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा ग्यारेन्टी भएमात्र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनसक्ने बताए ।

मन्त्री यादवले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यावहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।