Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


कोरोनासँग मिल्दो लक्षण देखिएका व्यक्तिले स्क्रब टाइफसको पनि परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको आग्रह


0
Shares

काठमाडौं, भदौ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले स्क्रब टाइफसको पनि परीक्षण गराउन आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गरी मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएर परीक्षण गराउँदा नेगेभिट आए पनि स्क्रब टाइफसको परीक्षण गराउन आग्रह गरेको हो ।

एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफस देखिए उच्च ज्वरो आउने, जोर्नी मांशपेशी दुख्ने, शास फेर्ने समस्या हुने जस्ता लक्षण देखिने भएकालेले धेरै व्यक्तिले कोरोना परीक्षण गराउने तर नेगेभिट आएपछि अन्य परीक्षण नगर्दा गम्भिर समस्या देखिने मन्त्रालयले जनाएको छ ।

स्क्रब टाइफस समयमा नै पहिचान हुन सके पूर्णरुपमा निको हुने मन्त्रालयले जनाएको छ ।