
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको छ ।
वडा तहको अधिवेशन शुरु हुनु अघि सन्देश जारी गर्दै देउवाले नेपाली कांग्रेस लोकतन्त्रको पर्यायबाची भएकाले तल्लो तहबाटै स्वस्थ प्रतिष्र्धा हुनुपर्ने बताउनु भएको हो ।
उहाँले कांग्रेस सुदृढ र बलियो भए मात्र लोकतन्त्र बालियो हुने पनि बताउनु भएको छ । अधिवेशनका कोरोना संक्रमण सम्बन्धि स्वास्थ्य मापदण्ड पालना गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्