Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


शिक्षामा पश्चिमा प्रभाव नरोकीए ५० वर्षमा मुलुक नै नरहने : देव गुरुङ


0
Shares

काठमाडौं, भदौ १७ । माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देव गुरुङले शिक्षामा पश्चिमा प्रभाव नरोके आगामी ५० बर्षमा मुलुक नै नरहन सक्ने गम्भिर खतारा उत्पन्न हुन सक्ने कुरा बताउनु भएको छ ।

अखिल (क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय गर्न बिहीबार काठमाडौंमा पूर्व विद्यार्थी नेताहरुकासँग गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले त्यस्तो औल्याएउनुभयो ।

गुरुङले शैक्षिक क्षेत्र बहुरास्ट्रिय कम्पनि र एनजिओ आइएनजिओहरुको ठूलो घेरबन्दिमा रहेको भन्दै नेपाली पठ्यक्रम विदेशीको इशारामा निर्माण गरिने कुराको अबिलम्ब अन्त्य हुनुपर्ने धारणा राख्नुभएको छ ।

यस्तै छलफलमा अखिल (क्रान्तिकारी)का अधयक्ष रन्जित तामाङ कमजोरीहरुका बाबजुद नेपाली विद्यार्थी आन्दोलनआज पनि मुलुकको सबैभन्दा लोकप्रिय आन्दोलन भएको दाबी गर्नुभयो

कार्यक्रममा अतिथीका रुपमा धारणा राख्दै मओवादी केन्द्रका अर्का स्थाई कमिटी सदस्य लिलामणी पोखरेलले वर्तमान विद्यार्थी आन्दोलनभित्र गम्भिर रुपले साँस्कृतिक मुल्यको गिरावट भैरहेको धारा राख्नुभयो ।

पुर्व विद्यार्थी नेताहरु लेखनाथ न्यौपाने, प्रकाश पोखरेल, जीवन गौतम, रमेश मल्ल र रत्न ढकालले विद्यार्थी आन्दोलनको समिक्षात्मक टिप्पणी राख्नुभएको थयो ।