Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


सडक भन्दा पुल अग्लो बनाएपछि विरोध


0
Shares

उदयपुर , पुष १ । राष्ट्रिय महत्वका आयोजनाअन्तर्गत मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा पर्ने पक्की पुल निमार्णमा विवाद देखिएको छ ।

पूल निर्माणको करिव ८० प्रतिशत काम सम्पन्न भइसक्दा निर्माणाधिन पुल अग्लो बनाइएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

सडकभन्दा पूल अग्लो बनाइदा सवारी साधन दुर्घटनाको जाखिम उच्च रहेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

मदन भण्डारी लोकमार्ग आयोजनाले भने डिजाइनरले दिएको कोअर्डिनेटको आधारमा ले आउट गरिएको, गडर बक्स सिस्टमका पुलमा बिम ठूला हुने र एकातर्फका सेक्सन समेत ठूलो हुँदा अग्लो भएको बताएको छ ।

पुलको दुवैतर्फको सडक खण्डमा २-२ सय मिटर सडक पिच छाडिएको र पुलको एप्रोच सडकले पुल र सडकको धरातल मिल्न जाने निर्माण कम्पनीले जनाएको छ ।

धरान–चतरा–गाईघाट–कटारीबाट सिन्धुलीको भिमानसम्मको १ सय ३४ किलोमिटर सडक खण्डमा पर्ने ४३ वटा पक्की पुल निर्माण भइरहेको छ ।

२०७३ साल कात्तिकमा ३ अर्ब ८५ करोड ३५ लाखको लागत सम्पन्न गर्ने गरी कोभेक-रसुवा-तुदि जेभिले निर्माणको जिम्मा पाएको थियो ।