काठमाडौं । पुष पहिलो साता राजधानीमा नेपाल फाईभ पि अन्तर्राष्ट्रिउ प्रदर्शनी हुने भएको छ ।
काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा आगामी पुष ४ देखि ५ गतेसम्म नेपाल फाईभ पि.(पलास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) मा भित्रने प्रविधिहरुको नवीनतम प्रदर्शनी हुन लागेको हो ।
नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको १ सय १४ बर्ष पुरानो संस्था पीएच डी चेम्बर अफ कमर्सको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी एवं नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले बताए ।
पिएचडी चेम्बर अफकमर्सका प्रिन्सिपल डाइरेक्टर नविन सेथले यस वर्षको नारा ‘बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमारो’ नेपाल फाइभ पि प्रर्दशनीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पी ले नेपालको समृद्धिमा योगदान पु¥याउन संसारभरीका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्र्याउने अपेक्षा आयोजकहरुको छ ।





प्रतिक्रिया दिनुहोस्