Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


देशभर झण्डै चार हजार तीनसय विगाह सरकारी जग्गा व्यक्तिको नाममा !


0
Shares

सर्लाही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले देशभर झण्डै चार हजार तीन सय विगाह सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको भन्दै ती जग्गाको दर्ता बदर गर्ने प्रक्रिया शुरु भईसकेको दाबी गरेकी छन् ।

सर्लाहीको बरहथवामा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले ब्यक्तिको नाममा दर्ता गरिएका जग्गाहरु फिर्ता गराउन कुनै लोभ लालच र धम्कीको प्रभावमा नपर्न कर्मचारीहरुलाई निर्देशन दिइन ।

त्यस क्रममा उनले बरहथवा नगरपालिकामा पर्ने हजरिया र गङ्गापुर क्षेत्रमा विभिन्न व्यक्तिहरुले गैर कानुनी किसिमले दर्ता गराएको १८ विगाह १५ कठ्ठा १३ धुर जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गरिएको घोषणा गरिन ।

यस्तै दोहोरो लगत कट्टा भएको १३ कठ्ठा जग्गाको एकोहोरो लगत कायम गरी वास्तविक जग्गादाताको नाममा कायम गरिएको घोषणा गरिएको छ ।